Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा लिम्घा, गुल्मीमा

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, १५ : ४८ मा प्रकाशित

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा लिम्घा, गुल्मीमा

अर्थ संसार, काठमाडौं –  कुमारी बैंक लिमिटेडले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरू गरेको छ ।

सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्त रूपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन सम्पन्न गरेका हुन् ।

उक्त उद्घाटन बैंकका डेपुटी सिइओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स – प्रदेश नं. ५ का इन्चार्जर, अन्य अधिकारीहरू तथा स्थानीय वासिन्दा एवं व्यवसायीक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

त्यसैगरी, विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पुर्याउँदै जाने प्रतिवद्धता जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको