Like us!
Follow us!
Connect us!
Watch us!

कुमारीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मिलन खड्का

विहीबार, २६ भदौ २०७६, १० : २५ मा प्रकाशित

कुमारीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं- कुमारी बैंक लिमिटेडले येही असोज ११ गते साधारण सभा बोलाएको  छ।  साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २९ गते आइतबारदेखि असोज ११ गतेसम्म बुक क्लोजको मिति तोकेको छ।

कम्पनीले १०%बोनस दिने घोषणा गरेको छ। अर्थात् भदौ २८ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्ने छन्।  २८ गते शनिबार र २७ गते शुक्रबार परेको र उक्त दिन दोश्रो बजारमा कारोबार नहुने हुदा आज अर्थात बिहाबार सम्म कुमारीको सेयरधनीले उक्त बोनस सुरक्षित गर्ने छन्।  

कुमारी बैंकले बैंकले १०% बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६% नगद वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्दै छ । कर तिर्न ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ । 

साधारण सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बोनस सेयरपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि लगिनेछ । 

हाल कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको