Like us!
Follow us!
Connect us!
Watch us!

धादिङको मैदीमा बसले किचेर केशरकुमारीको मृत्यु

विहीबार, ०६ माघ २०७३, १५ : १७ मा प्रकाशित

धादिङको मैदीमा बसले किचेर केशरकुमारीको मृत्यु

अर्थ संसार 
मैदी– मैदीबाट जिल्ला सदरमुकाम धादिङ आउँदै गरेको ना २ ख ४९२७ नम्बरको यात्रुवाहक बसले किच्दा मैदी–५ गैरीगाउँकी केशरकुमारी तिवारीको मृत्यु भएको छ ।

बसबाट  ओर्लने क्रममा  गैरीगाउँमा बसले किचेपछि घाइते भएका  तिवारीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनापछि बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाउन थालिएको प्रहरीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको