Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रीबीच सम्झौता : क्युआर कोडमार्फत ग्यासको शुल्क तिर्दा ५० रुपैयाँ क्यासब्याक

अर्थ संसार

शुक्रबार, ०१ कार्तिक २०७६, ०७ : १६ मा प्रकाशित

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रीबीच सम्झौता : क्युआर कोडमार्फत ग्यासको शुल्क तिर्दा ५० रुपैयाँ क्यासब्याक

अर्थ संसार, काठमाडौं -कुमारी बैंक र ग्यास आयातकर्ता एवं विक्रेता कम्पनी नेपाल ग्यास इन्डस्ट्रिज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधासम्बन्धी सहकार्य भएको छ ।

सहकार्यसँगै नेपाल ग्यासका वितरकले कुमारी बैंकको क्युआर पेमेन्ट प्रणालीमार्फत आफ्नो बैंक खातामा सहज रूपमा रकम संकलन गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कसरी सानिमा बैंकले पारित गर्यो २१.०५ प्रतिशत लाभांश ? (हेरौं, साधारणसभाको भिडियो) 

सहकार्यपछि नेपाल ग्यासका आधिकारिक विक्रेताका लागि कुमारी बैंक आधिकारिक पेमेन्ट पार्टनर हुने बताइएको छ ।

साथै, सहकार्यपछि कुमारी बैंकका ग्राहकले प्रत्येक नेपाल ग्यास खरिदको भुक्तानीमा ५० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्यास सिलिन्डर खरिदबिक्रीको भुक्तानी कुमारी बैंकको क्युआर पेमेन्ट प्रणालीमार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागू हुने बताइएको छ ।

यसैगरी, कुमारी बैंकले नेपाल ग्यासका वितरकलाई क्युआर पेमेन्ट प्रणाली तथा बैंक खाता सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । क्यासब्याक सुविधा १ कात्तिकदेखि लागू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको