Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले गर्याे पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग

निशा हुमाँगाई

बुधबार, १५ माघ २०७६, १६ : ५४ मा प्रकाशित

कुमारी बैंकले गर्याे पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग

अर्थ संसार, काठमाडौं – कुमारी बैंक लिमिटेडको दुलेगौंडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सो विद्मालयको स्वर्ण जयन्तीको अवसरमा २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको छ ।

स्वर्ण जयन्ती समारोहमा बैंकका गण्डकी प्रदेश प्रमुख नविन राज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।  प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादवद्वारा उक्त अवसरमा कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको थियो ।  

यसैगरी, विद्मालयले एक स्टाफ नर्स राखि प्राथमिक उपचार कक्ष संचालन गर्दै आएको यस विद्मालयमा मेडिकल सामाग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।

त्यस्तै, आफ्ना देशव्यापी १२० शाखा संजाल, ११७ एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिँदै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको