Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंककाे  ऋणपत्र आजबाट खुल्ला, कति व्याज पाइने ?

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, १४ : ४४ मा प्रकाशित

कुमारी बैंककाे  ऋणपत्र आजबाट खुल्ला, कति व्याज पाइने ?

अर्थ संसार, काठमाडाैं - कुमारी बैंककाे ३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र बिक्री आज (साेमबार) बाट खुल्ला गरिएकाे छ । उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । 

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन भर्न पाउनेछन् । उक्त ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आवेदन दिन सकिनेछ ।

तीन अर्ब खुल्ला गरिएकाे मध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ । त्यसैगरी, बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएकाे छ ।

बैंकले १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ का नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको