Like us!
Follow us!
Connect us!
Watch us!
‘महानगरपालि विकासको लागि अर्यालको आवश्यक’

ललितपुर महानगरपालिकामा नेत्र कुमारी अर्यालको चर्चा

विहीबार, २८ बैशाख २०७४, १४ : ४३ मा प्रकाशित

ललितपुर महानगरपालिकामा नेत्र कुमारी अर्यालको चर्चा

अर्थ संसार 
ललितपुर– ललितपुर महानगरको वडा नं– २३  मा वडा अध्यक्ष नेत्र कुमारी आर्याल सशक्त उम्मेदवारमा देखा परेकी छिन् ।

नगरपालिका भरिकी वडा अध्यक्षको एकमात्र महिला उम्मेदवार अर्यालको पक्षमा जनमत बलियो हुँदै गएकोे स्थानिय बासिन्दाहरु बताउछन् ।

धादिङमा जन्मि हुर्केकी अर्याल सानैदेखि समाजसेवामा रुचि राख्थिन् । जिल्ला वाल कल्याण समितीको स्थापक सदस्य समेत रहेकी अर्याल ललितपुरको हात्तीबनमा बस्नथालेपछि स्थानिय संघसस्थामा रहेर समाजसेवामा सक्रिय भुमिका निर्वाह गर्दै आएकी छन् ।

उनले टोल सुधार समिती, स्थानीय महिला समुह, सहकारी संस्थाहरुमा रहेर महिलाहरुलाई संगठित गराउने कार्य गर्दै आएकी छन् ।

हक्की स्वभाबकी अर्याल, टोलमा बाटो र्निमाण, ढल निर्माण, खानेपानीका आयोजनाका योजनाहरुमा  नेतृत्वदायी भुमिकामा निर्वाह गर्दै आएकी छन् । उनीले स्वी परियोजना, नेपाल कृषीवन प्रतिष्ठानमा रहेर नेपालका दूर्गम जिल्लामा बसेर समेत काम गरी सकेकी छिन् । 

पुरुषको दाजोमा महिलाहरु कम छैनन् भन्ने उदाहरण आफुले यो चुनाबमा देखाउने अर्यालले बताउँछिन् ।
“मेरो वडामा यस अघि खेलेको नेतृत्वदायी भुमिका मैले चुनाब जित्ने आधार हो” उनी भन्छिन् –‘महिलालाई अधिकार दिलाउने नारा दिने दलहरुको लागि मेरो  उमेदवारी एउटा अबसर हो ।

उनी भन्छिन् । वडालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने उनको योजना छ । बृद्घबृद्घालाई संरक्षण, युवालाई रोजगार, वालवालिकालाई खेल्ने उद्यान बनाउने उनको योजना छ ।                                                                                                                                                                                                              
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको