Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा

अर्थ संसार

मंगलबार, १५ पुस २०७६, १८ : २७ मा प्रकाशित

कुमारी बैंकको  शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा

अर्थ संसार, कास्की-कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री  पृथ्वी सुब्बा गुरुङ्गबाट सम्पन्न भएको हो । उद्घघाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता –  मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु – पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताउनु भएको छ ।

बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान POS Machine जडान गरिसकेको छ ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको