Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, लक्ष्मी र सिभिलको नाफा बढ्यो , कृषि, नेपाल बंगालादेश र कुमारीको घट्यो

सोमबार, २० कार्तिक २०७४, १० : ५४ मा प्रकाशित

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक,  लक्ष्मी र सिभिलको नाफा बढ्यो , कृषि, नेपाल बंगालादेश र कुमारीको घट्यो

अर्थ संसार, काठमाडौं– वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको  वित्तीय विवरण धमाधम सार्वजनिक  गरिरहेका छन् ।

२८ वटा वाणिज्य बैंकहरु मध्ये आज (सोमबार) ५ वटा वाणिज्य बैंक आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने पाँच बाणिज्य बैंकमध्ये २ वटाले नाफा बढाएका छन् भने तीन वटाको नाफा घटेको छ । कुनको कति ?
सिभिलको नाफा ११ करोड ३३ लाख

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सिभिल बैंकले ११ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ गुणा भन्दा बढी हो । संचालन मुनाफा घटेपनि उल्लेख्य खराब कर्जा संकलन गर्न सफल भएपछि बैंकको नाफा बढ्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  ५ अर्ब १८ करोड रहेको छ भने जगेडा कोष  १ अर्ब ७५ करोड रहेको छ । बैंकको निक्षेप सो अवधिमा ९.२७  प्रतिशत र कर्जा तथा सापटी १७.५२ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी २४.६० प्रतिशत बढेको छ भने संचालन मुनाफा २.२ प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा ४.६९ प्रतिशत र सिडि रेशियो ७६.४८ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले  ३१ करोड ४५ लाख खराब कर्जा संकलन गरेको छ ।

लक्ष्मीको नाफा १७ करोड ९ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैंकले १७ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.८६ प्रतिशत बढी हो । संचालन मुनाफा घटेपनि खुद ब्याज आम्दानी बढेपछि बैंकको नाफा बढ्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी ८ अर्ब २१ करोड रहेको छ भने जगेडा कोष २ अर्ब १३ करोड रहेको छ । बैंकको निक्षेप सो अवधिमा १३.८७ प्रतिशत र कर्जा तथा सापटी २४.७६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी २७.१७ प्रतिशत बढेको छ भने संचालन मुनाफा २.५प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा १.७८ प्रतिशत र सिडि रेशियो ७८.८६ प्रतिशत रहेको छ ।

कृषिको नाफा ३६ करोड ३९ लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कृषि विकास बैंकले  ३६ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८३ प्रतिशत कम हो । खुद ब्याज आम्दानी घटेसंगै संचालन मुनाफा ऋणात्मक भएपछि बैंकको नाफा घट्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  १२ अर्ब ५२ करोड रहेको छ भने जगेडा कोष १० अर्ब २३ करोड रहेको छ । बैंकको निक्षेप सो अवधिमा ३५.२४ प्रतिशत र कर्जा तथा सापटी ८.७२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी २९.२७ प्रतिशत घटेको छ भने संचालन मुनाफा  ६ करोड ८७ लाख ऋणात्मक रहेको छ । बैंकको निष्क्रिय कर्जा ३.५४ प्रतिशत र सिडि रेशियो ७५.३४ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले रू. ४८ करोड ८५ लाख खराब कर्जा संकलन गरेको छ ।

नेपाल बङ्गलादेशको नाफा १५ करोड ४० लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बङ्गलादेश बैंकले  १५ करोड ४० लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशत कम हो । खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेपछि बैंकको नाफा घट्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  ८ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष  २ अर्ब ५० करोड रहेको छ । बैंकको निक्षेप सो अवधिमा ६.६१प्रतिशत र कर्जा तथा सापटी १२.९५प्रतशित बढेको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ३८.५३ प्रतशित र संचालन मुनाफा ३२.५३प्रतिशत घटेको छ ।

बैंकको निष्क्रिय कर्जा ०.७३ प्रतिशत र सिडि रेशियो ७४.०४प्रतिशत रहेको छ । सो अवधिमा बैंकले  १० करोड १८ लाख खराब कर्जा संकलन गरेको छ ।

कुमारीको नाफा ११ करोड २० लाख

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कुमारी बैंकले  ११ करोड २० लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४३ प्रतिशत कम हो । खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेपछि बैंकको नाफा घट्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  ५ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोष  २ अर्ब ७४ करोड रहेको छ । बैंकको निक्षेप सो अवधिमा ३५.४१प्रतिश र कर्जा तथा सापटी ४६.४६प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ३५.८९प्रतिशत बढेको छ भने संचालन मुनाफा ४९.९४प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा १.९७ प्रतिशत र सिडि रेशियो ७७.५९ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले  ९ करोड ७० लाख खराब कर्जा संकलन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको