Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्दै, के-के छन् प्रक्रिया ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १३ : १६ मा प्रकाशित

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्दै, के-के छन् प्रक्रिया ?

अर्थ संसार, काठमाडौं – कुमारी बैंकले पुस १४ गते देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि भएको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी सो बराबरको ऋणपत्र निष्काशनमा ल्याउन लागिएकाे हाे ।

तीन अर्ब मध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा लगानीकर्ताले पुस १७ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा माघ १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

बैंकको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म भर्न पाइनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको