Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले धमाधम बोनस शेयर पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १३ : ३५ मा प्रकाशित

कुमारी बैंकले धमाधम बोनस शेयर पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह

अर्थ संसार, काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा धमाधम बोनस शेयर जम्मा गरिरहेकाे छ । बैंककाे असोज ११ गते सम्पन्न  १९ औं वार्षिक साधारण सभाबाट पारित गरिएकाे १० प्रतिशत बोनस शेयर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरिएको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भदौ २९ गतेदेखि बुकक्लोज गरेको थियो ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन आग्रह गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको