Like us!
Follow us!
Connect us!
Watch us!

गुजरात माथि नेपालको सहज जीत, ८ विकेटले हार्यो घरेलु टोली

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १७ : ४७ मा प्रकाशित

गुजरात माथि नेपालको सहज जीत, ८ विकेटले हार्यो घरेलु टोली

भारतमा अभ्यास गर्न गएको नेपाली राष्ट्रिय टोलीले भारतको गुजरात टिमलाई सजिलै आठ विकेटले हराएको छ ।

खेलमा टस जितेको नेपालले पहिले फिल्डिङको निर्णय गरेको थियो । फिल्डिङको निर्णयलाई सही सावित गर्दै नेपाली टोलीले गुजरातलाई ९८ रनमा सीमित राख्न सफल भयो । गुजरातका रुद्र मयुर पटेलले २३ र हेमङ्ग पटेलले २० रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झाले चार र करन केसीले ३ विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा ९९ रनको लक्ष्य नेपाली टोलीले १६ औं ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १७ तथा अर्का ओपनर आसिफ सेखले १६ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले ३३ र अनिल शाहले ३२ रन बनाए ।

एसएमएस फ्रेन्डसिप कप भनिएको यस प्रतियोगितामा नेपालले गुजरात र बरोडासँग डबल राउन्ड रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको