Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले दुई वटा साधारणसभा एकैपटक गर्दै , बुक क्लोज कहिले ?

बुधबार, २५ बैशाख २०७६, १२ : ०८ मा प्रकाशित

कुमारी बैंकले दुई वटा साधारणसभा एकैपटक गर्दै , बुक क्लोज कहिले  ?

अर्थ संसार, काठमाडौं - कुमारी बैंकले  बैंकले सत्रौं र अठारौं वार्षिक साधारणसभा एकैपटक बस्ने भएको छ। यहि वैशाख २६ गते आयोजना गर्न लागेको आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ को साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा बिहान १०ः ३० बजे बाट सुरु हुने बैंकले जनाएको छ ।
 
कुमारीको साधारण सभामा आर्थिक वर्ष २०७३/७४ का लागि चुक्ता पुँजीको १२ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा चुक्ता पुँजीको ८ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले दुई आर्थिक वर्ष गरेर कुल २१ दशमलव २५ प्रतिशत  बोनस सेयर वितरण गर्नेछ ।


बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । साथै, बैंकले आफैं वा सहायक कम्पनी मार्फत ब्रोकरको कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।
 
उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ । संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट २–२ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछ । वार्षिक प्रतिवेदन माथि छलफल गरिने प्रस्ताव पनि छ । 
 
बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख ६ गते शुक्रबार देखि वैशाख २६ गतेसम्म सेयर धनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेको छ । वैशाख ५ गते सम्म कायम सेयरधनीले मात्र दुवै आर्थिक वर्षको बोनस सेयर पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको