Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले गर्यो कमल आधारभूत विद्यालयलाई सहयोग

अर्थ संसार

सोमबार, २५ कार्तिक २०७६, १६ : ०० मा प्रकाशित

कुमारी बैंकले गर्यो कमल आधारभूत विद्यालयलाई सहयोग

अर्थ संसार, काठमाडौं– कुमारी बैंकले काठमाडौं महानगर पालिका वडा नम्वर १ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले विपन्नवर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिदैं उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी  तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको छ ।

गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत  राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११२ शाखा संजाल, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको