Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड, प्रतिशेयर आम्दानी कति ?

सोमबार, २० साउन २०७६, ०८ : ४६ मा प्रकाशित

कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं- कुमारी बैंक लिमिटेडले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनि गरेको छ । 

बैंकले आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ४८.५५ प्रतिशतले बढाएर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ ।

 बैंकले खुद ब्याज आम्दानी ३ अर्ब १ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।अघिल्लो वर्ष १ अर्ब ७९ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले २ अर्ब १४ करोड रुपैयाँको पुर्याएको छ ।

बैंकले रिटेन अर्निङतर्फ ३६।०१ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष १ अर्ब ५२ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा ९७ करोड ७४ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकले ७३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब १२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ५९ अर्ब ५४ करोड निक्षेप संकलन गरी ६० अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।  यस्तै, बैंकको प्रतिशेयर आम्दनी ०.८२ रुपैयाँ बढेर १५ रुपैयाँ ३६ पैसा पुगेको छ । बैंकको नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको