Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लिलामी सेयर किन्ने हो ? आज अन्तिम दिन

शुक्रबार, २९ असार २०७५, ०८ : ३६ मा प्रकाशित

कुमारी बैंकको लिलामी सेयर किन्ने हो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं- कुमारी बैंकले लिलामीमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने शुक्रवार (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख २८ देखि जेठ ३१ गतेसम्म हकप्रद जारी गर्दा वितरण हुन नसकेको संस्थापक समूह तर्फको ५ लाख १ हजार ९ सय २१.६९ कित्ता र सर्वसाधारण समूह तर्फको ६ लाख ३९ हजार ४ सय ५२ .६१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । सेयर खरीदको लागि बोलपत्र पेश गर्दा आवेदकहरुले संस्थापक तर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण तर्फ १ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

अधिकतममा सम्पूर्ण कित्ताको लागि आवदेन दिन सकिनेछ । बैंकको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको बिहीवार भएको कारोबारमा शेयर मूल्य रू। १ सय ९५ मा खुला भई न्यूनतम रू। १ सय ८७ देखि अधिकतम रू १ सय ९७ सम्म पुगेर अन्त्यमा रू १ सय ९१ मा कारोबार बन्द भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको