Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २१ प्रतिशत बोनस शेयर पारित

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, १६ : १५ मा प्रकाशित

कुमारी बैंकको २१ प्रतिशत बोनस शेयर पारित

अर्थ संसार, काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्नो १७ औं तथा १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३/०७४ को लागि १२.७५ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७४/०७५ को लागि ८.५० प्रतिशत बोनस शेयर गरी जम्मा २१.२५ प्रतिशत  बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुनेछ ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ४२ करोड तथा १ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटीएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको