Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, १० : १५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना

अर्थ संसार, काठमाडौं – ग्लाेबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ । 

बैंकले हिजाे (शनिबार) वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसार सम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरू भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्म साइकल र्यालीको आयोजना गरेको थियाे । 

र्यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

त्यस्तै, र्याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तव्य राखेका थिए ।

यसैगरी, सोही अवसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरू प्रदान गरेको छ । नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरू संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक श्री रवि खनाललाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, शुक्रबार बैंकको डुम्रे शाखा मार्फत तनहूँ जिल्लाको भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

भानु नगरपालिकाका मेयर श्री उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरू र विद्यार्थी गरी करिव ३०० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ्ग गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो । 

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरू संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरूमा गर्दै आएको छ ।
 

5e2d1b4ac1ade.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको