Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

अर्थ संसार

बुधबार, ०६ कार्तिक २०७६, १७ : १४ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखातथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी एजेन्टहरुमार्फत रकमप्राप्त गर्न सक्नेछन् । बैंक अलबिलादको ईन्जाज रेमिट्यान्स नामकप्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ ।

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित} 

साउदी अरबका लागि नेपाली राजदुतप्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्नभएको उक्त कार्यक्रममा दुवै बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा बोल्दै राजदुत सिंहले ग्लोबल आइएमई बैंक र बैंक अलबिलादबीचको सहकार्यले साउदीबाट नेपालमा रकम पठाउन सहजहुने बताउँदै नेपालमा साउदी लगानी भित्र्याउन समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले बैंकहरुको सहकार्यबाट दुई देशबीचअन्य क्षेत्रमा समेत सहकार्य गर्न ढोका खुलेको बताउनुभयो ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहजहुने बताउनुभयो । रेमिट्यान्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध रहेको बताउँदै उहाँले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट पढाउँदा राष्ट्रलाई फाइदापुग्ने बताउनुभयो ।

यीदुई बैंकबीच गत जेठ १३ गते यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंककाकामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अलहुसेनले हस्ताक्षर गर्नुभएको थियो ।

ग्लोबल आइएमई बैंकले साउदी अरब, युएई, कतार, बहराइन, मलेसिया, भारत, संयुक्त अधिराज्य, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान र जोर्डनका विभिन्न कम्पाीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

5db03a74a6664.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको