Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको भिजा कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा

मिलन खड्का

मंगलबार, २१ साउन २०७६, ११ : १४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको भिजा कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ ।

ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । 

यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । 

साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १३८ शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १७६ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको