Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको लिलामी सेयर आवेदन  कात्तिक ५ गते सम्म

प्रजना राई

आइतबार, ०३ कार्तिक २०७६, १० : ४६ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको लिलामी सेयर आवेदन  कात्तिक ५ गते सम्म

अर्थ संसार, काठमाण्डौ ग्लोबल आइएमई लघुवित्तको लिलामी सेयर आवेदन दिन अब कात्तिक ५ गते सम्म समय बाँकी रहेको छ । ग्लोबल आइएमई लघुवित्तले असोज २८ गतेबाट ५६ हजार ५६१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा कात्तिक ३ गते आइतबार देखी कात्तिक ५ गते मंगलबारसम्म आवेदन भर्न समय बाँकि रहेको छ  । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
कम्पनीले यसअघि साउन २१ गतेदेखि भदौ २३ गतेसम्म ११ लाख ४ हजार ५७५ कित्ता ९१००५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ५६ हजार ५६१ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर  लिलामीमा प्रक्रियामा ल्याएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमईको शाखा  विर्तामोड, वीरगञ्ज,विराटनगर,हेटौडा,नारायणघाट, जनकपुर, पोखरा, बाग्लुङ, घोराही, नेपालगञ्ज, बुटवल , धनगढी ,महेन्द्रनगर र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ ।  हाल यसको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी बिक्री भएपछि चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको