Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, १० : ३८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एवम् राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गर्नुभएको थियो । 

यस्तै, सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो । 

यसैगरी, ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै, कार्यक्रममा गुल्मी जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख राम बहादुर खड्का लगायत अन्य विशष्ट पदाधिकारी एवंम स्थानियवासीहरूको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको