Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरको सैद्धान्तिक स्वीकृति

अर्थ संसार

विहीबार, ०९ असोज २०७६, ०८ : ३७ मा प्रकाशित

ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरको सैद्धान्तिक स्वीकृति

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक र जनता बैंकलाई राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समतिले यस्तो स्वीकृति दिएको हो ।

मर्जरका लागि ग्लोबलको प्रतिसेयर एक सय र जनताको प्रतिसेयर ८५ रुपैयाँ हुने गरी स्वाप रेसियो तय भएको छ । मर्जरपछि बन्ने बैंकको नाम पनि ग्लोबल आइएमई बैंक नै रहनेछ । चुक्ता पुँजी करिब १७ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा ग्लोबल आइएमईका तर्फबाट चन्द्र ढकाल हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा पर्शुराम कुँवर क्षेत्री हुने सम्झौता भएको छ । बैंकको वरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् ।

बिग मर्जरमा लैजाने राष्ट्र बैंकको योजनाअनुसार यी दुई बैंक मर्जरमा जान लागेका हुन् । अन्य वाणिज्य बैंकहरूले समेत मर्जरमा जाने राष्ट्र बैंकलाई जानकारी गराएको भए पनि जोडी भने खोजिसकेका छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको