Like us!
Follow us!
Connect us!
Watch us!

गैर आवासीय नेपालीलाई ग्लोबल आइएमई बैंकले ल्यायो चार नयाँ खाता

शुक्रबार, १० असोज २०७६, १८ : १३ मा प्रकाशित

गैर आवासीय नेपालीलाई  ग्लोबल आइएमई बैंकले ल्यायो चार नयाँ खाता

अर्थ संसार, काठमाडौं– गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चार वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

चार नयाँखाताहरुमा ग्लोबल मुद्दति निक्षेप खाता, ग्लोबल मुद्दति निक्षेप खाता, ग्लोबल बचत खाता र ग्लोबल बचत खाता रहेका छन् ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)g

अमेरिकी डलरमा खोल्न सकिने बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ ।

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वाखातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जाप्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनिखोल्न मिल्ने उक्तखाता सञ्चालकहरुलाई विदेशीमुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।

एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात१०,००० अमेरिकी डलर रहेको छ ।

हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको