Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक कार्यमा ग्लोबल आइएमईको योगदान,निःशुल्क आँखा जाँच शिविर संचालन

आइतबार, २२ बैशाख २०७६, १७ : १६ मा प्रकाशित

सामाजिक कार्यमा ग्लोबल आइएमईको योगदान,निःशुल्क आँखा जाँच शिविर संचालन

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति गत शनिबार सुनसरी जिल्ला, कोशीगाँउपालिका वडा नं. ३, जमुवाचोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो ।

बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । उक्त शिविरमा मोती बिन्दुभएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्य क्रिया पनि गरिएको छ ।

निम्न आयस्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको होे ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको