Like us!
Follow us!
Connect us!
Watch us!

बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग

अर्थ संसार

मंगलबार, ३१ असार २०७६, १४ : ०८ मा प्रकाशित

बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा ग्लोबल आइएमई बैंकको  ५ लाख सहयोग

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौंलाईबालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताउनुभयो ।

महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पु¥याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रहसमेत गर्नुभयो ।

उहाँले बंैकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताउनुभयो ।

बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले यस क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीले बताउनुभयो ।संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

उक्त अवसरमाबैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छा लगायत बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको