Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्व विद्यालयबीच शुल्क सङ्कलन सम्बन्धी सम्झौता

मिलन खड्का

विहीबार, ०९ असोज २०७६, १५ : ५७ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्व विद्यालयबीच शुल्क सङ्कलन सम्बन्धी सम्झौता

अर्थ संसार, काठमाडौ – ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्व विद्यालयबीच शुल्क सङ्कलन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा विश्व विद्यालयको तर्फबाट कुल सचिबकमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलि सकेपछि नेपाल खुला विश्व विद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्ग मार्फत शुल्क तिर्न सक्नेछन् ।

हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको