Like us!
Follow us!
Connect us!
Watch us!

जनतासंगको मर्जरपछि  ग्लोबल आइएमई नेपालकै ठूलो बैंक बन्दै

मिलन खड्का

आइतबार, १० कार्तिक २०७६, १३ : ०९ मा प्रकाशित

जनतासंगको मर्जरपछि  ग्लोबल आइएमई नेपालकै ठूलो बैंक बन्दै

अर्थ संसार, काठमाडौं–राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई दिएको निर्देशन अनुसार ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति गरेर राष्ट्र बैंकमा पुगे।दुबै बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक रहेने सहमति भएको थियो। 

यसै क्रममा ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा गत शुक्रबार हस्ताक्षर भयो।  

​ग्लोबल आइएमई बैंकको विभिन्न वित्तीय संस्थासँग गरेर यो एघारौ मर्जर हो भने 
जनता यस अगाडी  ७ वटासँग मर्ज गरिसकेको छ।  

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले गरेका थिए। 

 

अब दुबै  बैंकको वार्षिक साधारण सभा सम्पन्न पछि  नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति प्रश्चात एकीकृत कारोबार सुरु हुनेछ । मर्जरका कारण हाल दुबै बैंकको दोश्रो बजारमा कारोबार रोकिएको छ।  

दुबै बैंकको सम्भौतामा अध्यक्षमा चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । 

त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ ।

मर्ज गर्ने सहमती गरेको दिन देखि नै जनता बैंकका कर्मचारीहरु आफ्ना संचालक र सिइओ प्रति रुष्ट छन ।  नाम नखुलाउने शर्तमा एक कर्मचारीको अनुसार सिइओ र अध्यक्षले  आफ्नो जागिर पकाएर आफूहरुको जागिर चाँही धरापमा परेको बताउछन।  

केहि जनता बैंकका सरोकारवालाहरु भने बैंकको संचालकको पछिलो सहमति प्रति खुशी छैनन ।

जनता बैंकको नाम र अस्तित्व सहित बिलय हुन पर्दा मलाई व्यक्तिगत हिसाबले असाध्यै पिडा छ : रमेश न्यौपाने 

मौद्रिक नीतिमा विग मर्जरको बाध्यकारी व्यवस्था नगरिएपछि बैंकहरु त्यो बाटो त्यागेर ऋणपत्र निष्कासन गर्ने बाटोमा हिंडेका छन। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरु मर्जरको बाटो त्यागेर ऋणपत्र जारी गर्ने तर्फ होमिएका छन ।

तर  हतारमा निर्णय गरेपनि लगानीकर्तालाई चाही यस मर्जरपछि फाइदा नै हुने देखिन्छ, मर्जरले ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बनाउने छ  । संयुक्त बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्ब भन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको