Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

अर्थ संसार

शुक्रबार, ०३ माघ २०७६, १५ : ०१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

अर्थ संसार, काठमाडौं -ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले मंगलबार देखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । 

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टरहर सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पर्याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको