Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले संस्थापक शेयर बिक्री गर्दै

निशा हुमाँगाई

बुधबार, ०८ माघ २०७६, १२ : ०६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले संस्थापक शेयर बिक्री गर्दै

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरू मध्येका केही शेयरधनीहरूले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएकाले उक्त शेयरहरू बिक्री गर्न लागिएको हो ।

यसैगरी, नेपाल राष्ट्र बैंकले दिएकाे निर्देशन बमोजिम संस्थापक समुहकाे शेयर खरिद/बिक्री गर्दा संस्थापक शेयरधनीहरूलाई पहिलाे प्राथमिकता दिनुपर्ने छ । यसरी खरिद/बिक्री हुन नसकेकाे अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई राष्ट्र बैंककाे निर्देशनकाे अधिनमा बिक्री गरिनेछ ।

यस्तै, कुनै शेयरधनीहरूलाई उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छा भएमा सूचना प्रकाशित भएकाे मितिले ३५ दिन भित्र बैंककाे रजिष्टर्ड कार्यालय कमलादीमा निवेदन दिन आग्रह गरिएकाे छ ।

त्यसैगरी, बैंकले हालसम्म कति कित्ता संस्थापक सेयर कुन भाउमा बिक्री गर्न लागिएको भन्नेबारे खुलाएकाे छैन । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको