Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीचबीमा सेवा सम्झौता

शुक्रबार, १७ जेठ २०७६, ११ : १३ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीचबीमा सेवा सम्झौता


अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यससंगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवाहरु प्रदानगर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत राष्ट्रिय बीमा संस्थान लि.को जीवनबीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्तगर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत  महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानको तर्फबाट प्रशासक शकवि प्रसाद पाठकले हस्ताक्षर गर्नु भएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवाप्रदान गर्दै आइरहेको छ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४१शाखारहित बैकिङ्ग सेवार नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, यूएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको