Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट योजना

सोमबार, १६ भदौ २०७६, १५ : २६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट योजना

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षितगर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ ।

नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवानिशुल्क रुपमा उपलब्ध हुनेछ । साथै इन्टरनेट बैंकिङ्ग, ABBS, भिसा डेबिट तथाक्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारि गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदालाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको छ ।

त्यस्तै यस योजना अन्तर्गत नारी बचत खाता भएका ग्राहकहरुले बैंकबाट कर्जा लिंदालाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँच प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्तयोजना घोषणा गरेको छ । यो योजना एक महिनाको लागि लागू रहने छ ।

हाल बैंकले आफ्ना १४२ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८४ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको