Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले खोल्यो दुई नयाँ शाखा सञ्चालनमा

अर्थ संसार

विहीबार, ०९ माघ २०७६, २१ : ३६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले खोल्यो दुई नयाँ शाखा सञ्चालनमा

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । 

बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 
बैंकले २६९ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत
आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको