Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको शाखा अब ललितपुरको नखिपोटमा

अर्थ संसार

विहीबार, २२ फागुन २०७६, ०८ : ०७ मा प्रकाशित

सिभिल बैंकको शाखा अब ललितपुरको नखिपोटमा

अर्थ संसार, काठमाडौं- समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा बुधबार ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।  बुधबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको समुद्घाटन गर्नुभयो ।    

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत Community Child Care Centre  लाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीयो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा Community Child Care Centre की अध्यक्ष श्रीमती बिष्णु थापालाई प्रदान गरियो ।   

नखिपोट शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले नखिपोटमा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंक लाइ धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गर्नु भयो ।

देशभरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब रु. ३५ खर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ३१ भन्दा बढी खर्ब कर्जा लगानी गरिएको पनि उहाँले बताउनु भयो ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताउनुभयो ।

5e6063597ffda.jpg 5e606364b29b9.jpg 5e606364b6f9c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको