Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको नयाँ शाखा नवलपरासीकाे सुनवलमा

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १३ : ३० मा प्रकाशित

सिभिल बैंकको नयाँ शाखा नवलपरासीकाे सुनवलमा

अर्थ संसार, काठमाडौं - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको सुनवलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रूपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको समुद्घाटन गरेका छन् ।

त्यसैगरी, सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित श्री जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरिएकाे छ । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरिएकाे हाे ।

यसैगरी, सुनवल शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए र नगरवासीलाई आफुलाई आवश्यक पर्ने  पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरेका छन् तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी  निर्धक्क भई व्याज आर्जन गर्न पनि उनले आग्रह गरेका छन् ।

उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरूलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताएका छन् । 

त्यस्तै, उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् ।

यस्तै, उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा, सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सुनवल उद्योग वाणीज्य संघका अध्यक्ष रमेश कर्माचार्य, सिभिल बैंकका प्रदेश ५ का प्रमुख किरण धमला लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेकाे थियो । 

त्यस्तै, सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरू रहेको ५२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेको पनि बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको