Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको ९ औं वाषिर्क साधारणासभा सम्पन्न, पारित भए यी प्रस्तावहरु

आइतबार, ०६ पुस २०७६, १३ : ०० मा प्रकाशित

सिभिल बैंकको ९ औं वाषिर्क साधारणासभा सम्पन्न,  पारित भए यी प्रस्तावहरु

 अर्थ संसार, काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो ९ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ । काठमाण्डौंको डिल्ली बजारमा अमृतभोग पार्टि प्यालेसमा सभा सम्पन्न भएको हो । 

साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्तावलाई पारित गरेको छ । आर्थिक वर्ष २०७५/०६६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन आउने ५२,५८२२,७०१, ५८ अक्षरेपी बाउन्न करोड अन्ठाउन्न लाख बाईस हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा नगद लाभांश विवरण गर्न स्वीकृत गरेको छ । 

साधारण सभाले २०७५/०७६ को वार्षिक प्रतिवेदनलाई  २०७५/०७६ पारित गरेको छ । त्यस्तै सभामा आर्थिक वर्ष २०७५/०७६ लेखापरीक्षकको प्रतिवेदन सहिको वासलात, नाफानोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमा छलफल गरि पारित गरेको छ । 

5dff35e12b988.jpg 5dff35e561fb6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको