Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेरमेन्ट चार्ज घट्दा मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ८४६.३० % ले उफ्रिंयो

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, ०८ : ०७ मा प्रकाशित

इम्पेरमेन्ट चार्ज घट्दा मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ८४६.३० % ले उफ्रिंयो

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा बढ्यो 

यस आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा लघुवित्तले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधि लघुवित्तको  नाफा १ करोड ३० लाख रुपैयाँ रहेको  थियो। यो  तुलनामा ८४६.३० प्रतिशत बढेको हो। 

खुद ब्याज आम्दानी

यस लघुवित्तको यस समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । यस नौ महिना सम्म लघुवित्तको खुद ब्याज आम्दानी ६० करोड ९२ लाख रुपैयाँ पुगेको हो  ।यो १५.५५ प्रतिशत बढेको हो। 

खुद संचालन आम्दानी 

लघुवित्तको खुद संचालन आम्दानी पनि बढेको छ। यो १५.६७ प्रतिशत बढेर ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यो आम्दानी ४६ करोड ९७ लाख रुपैयाँ रहेको थियो। 

इम्पेरमेन्ट चार्ज घट्नुको कारण खुद नाफा बढ्यो 

लघुवित्तले आफ्नो इम्पेरमेन्ट चार्ज घटाउन सफल भएको कारण नाफा बढाउन सफल भएको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज १३ करोड ४९ लाखबाट घटेर ३ करोड ८८ लाख रुपैयाँमा झरेको कारण खुद नाफा  बढ्न पुगेको हो। यो ७१.२४ प्रतिशतले घटेको हो। 

अरु सूचक 

प्रति सेयर आम्दानी(ईपीएस)
१२.५१ रुपैयाँ

प्रतिसेयर  नेटवर्थ
१५३.७२ रुपैयाँ

मूल्य आम्दानी अनुपात
४९.३२ गुणा

वितरणयोग्य मुनाफा
९ करोड ३७ लाख

वितरणयोग्य प्रतिशेयर आम्दानी
९ रुपैयाँ ४७ पैसा 

चुक्ता पूँजी 

१ अर्ब ३२ करोड

जगेडा कोष
७० करोड ९१ लाख 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको