Like us!
Follow us!
Connect us!
Watch us!

जितपुरमा खुल्याे सिभिल बैंकको १०७औं शाखा

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, १६ : ४४ मा प्रकाशित

जितपुरमा खुल्याे सिभिल बैंकको १०७औं शाखा

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रूपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको समुद्घाटन गरेका छन् ।

देशकै विकासोन्मुख शहरहरू मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापाले देशको आर्थिक विकास बैंकहरूको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको वित्तीय गतिविधिमा टेवा पुग्ने बताएका छन् ।

यसैगरी, उक्त कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गरेका छन् । साथै सिभिल बैंकले  यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले देशको औद्योगीक नगरी बिरगंजसँग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरू रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरू प्रदान गर्ने कुरा बताएका छन् ।

साथै सोही कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तानतरण गरेका छन् । 

यसैगरी, उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा, जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गु?ङ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वह?, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

त्यस्तै, सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरू रहेको ५२ अर्ब रूपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब रूपैयाँ कर्जा लगानी गरेको र यस बैंकको प्रदेश न २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कुल शाखा संख्या १०७ पुगेको पनि बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको