Like us!
Follow us!
Connect us!
Watch us!

इन्टरनेटमा समस्या महसुस गर्नुभयो ? भुक्तानी रोकिँदा देशभरिकै इन्टरनेट छ प्रभावित

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १८ : ०२ मा प्रकाशित

इन्टरनेटमा समस्या महसुस गर्नुभयो ? भुक्तानी रोकिँदा देशभरिकै इन्टरनेट छ प्रभावित

बिहीबार देशभरिकै लगभग सबै निजी इन्टरनेट कम्पनीको सेवामा समस्या देखिएको छ ।

वर्ल्डलिङ्क, भायानेट, डिसहोम, सुबिसु सबै सेवा प्रदायकका ग्राहकले इन्टरनेटमा समस्या देखिएको सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । इन्टरनेटमा देशव्यापी समस्या देखिनुको पछाडि इन्टरनेट कम्पनीहरुले भारतीय ब्यान्डविथ प्रदायकलाई भुक्तान गर्नुपर्ने रकम भुक्तान नहुनु जनाइएको छ ।

कतिपय सेवा प्रदायकको इन्टरनेट नै अवरुद्ध भएको जनाइएको छ भने कति प्रदायक सेवा सुस्त गतिमा चलिरहेको छ । एयरटेलले इन्टरनेट सेवा काटिदिएको अनुमान गरिएपनि पुष्टि भने नभइसकेको सेवा प्रदायकहरुको भनाई छ । ब्यान्डविथ बापतको करिब ३ अर्ब रुपैयाँ नेपाली इन्टरनेट कम्पनीहरुले एयरटेललाई भुक्तान दिन बाकिँ रहेको छ ।

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले उक्त रकम भुक्तान नभए जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिँदै आएको थियो । इन्टरनेट कम्पनीहरुले सरकारले सिफारिस नदिँदा भुक्तानीमा समस्या देखापरेको बताउँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको