Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको ४.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

आइतबार, ०५ फागुन २०७५, १० : ५४ मा प्रकाशित

सिभिल बैंकको ४.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

अर्थ संसार,  काठमाडौं – सिभिल बैंकले आव २०७४र७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७३/र७४ मा लाभांश घोषणा गरेपनि शेयरधनीले हालसम्म पाएका छैनन् । सो आवमा बैंकले वार्षिक साधारणसभा नै नगरेका कारण शेयरधनीले लाभांश पाउन नसकेका हुन् । सो आवमा बैंकले १०.२५ प्रतिशत शेयर लाभांश र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले आव २०७२/७३ मा २.८८ प्रतिशत शेयर लाभांश दिएको थियो । तर आव २०७३/७४ मा वार्षिक साधारणसभा समेत गरेको थिएन ।

5c68ed14a01fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको