Like us!
Follow us!
Connect us!
Watch us!

मोदी भेट्न छाडेर किन चीन हान्निए इलन मस्क ?

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, ०९ : ३९ मा प्रकाशित

मोदी भेट्न छाडेर किन चीन हान्निए इलन मस्क ?

भारत भ्रमण छाडेर अमेरिकी उद्योगपति तथा टेस्ला कम्पनीका मालिक इलन मस्क चीन गएपछि भारतमा राम्रै हलचल मच्चिएको छ ।

अप्रिल महिनाको शुरुआतमा भारत भ्रमण गरि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने मस्कको तयारी रहेको थियो । भ्रमणका क्रममा मस्कले भारतमा तीन बिलियन डलरको कार प्लान्ट खोल्ने घोषणा गर्ने जनाइएको थियो । भारतीय सरकार आफैले उक्त स्टार्टअप कार्यक्रमका लागि भनेर निम्तो समेत पठाइसकेको थियो । तर अन्तिम समयमा मस्कले टेस्लाको निकै ठूलो काम परेको भन्दै भ्रमण रद्द गरेका थिए । 

भारतमा आम चुनावको मुखमा मस्कको भ्रमणले मोदी सरकारलाई थप बलियो बनाउने अपेक्षा गरिएको थियो । विदेशी लगानी भित्र्याउन सरकार सफल भएको सन्देश जाँदा चुनावमा फाइदा पुग्ने सत्तारुढ भारतीय जनता पार्टीको आशा विपरीत मस्कले भ्रमण रद्द गर्दा विपक्षीले भने राम्रै मसला पाएको छ । यसैबीच सरकारको असक्षम नेतृत्वका कारण भारतमा आउन लागेका विदेशी लगानी चीनतर्फ लागेको समेत आरोप विपक्षीले लगाएका थिए ।

यता भारत भ्रमण रद्द गरेका मस्क चीन भ्रमणमा निस्कँदा भारतलाई थप आहत पुगेको छ । फुल सेल्फ ड्राइभिङ कारका लागि अनुमति माग्न तथा त्यसबाट प्राप्त भएको डेटा अमेरिका लैजान वार्ता गर्न मस्क चीन पुगेको जनाइएको छ । क्षेत्रीय साथसाथै विश्व मानचित्रमै आफ्नो प्रभुत्व बढाउन भारत र चीन तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको