Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकका सबै शाखाबाट अनलाइन फी पेमेन्ट हुने

विहीबार, ०७ भदौ २०७५, ०८ : ३३ मा प्रकाशित

सिभिल बैंकका सबै शाखाबाट अनलाइन फी पेमेन्ट हुने

अर्थ संसार, काठमाडौं  विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले विदेशमा बुझाउनेपर्ने शुल्क सिभिल बैंकबाट तिर्न सक्ने भएका छन्।

यसका लागि सिभिल बैंकले कुनै पनि शाखाबाट अनलाइन फी पेमेन्ट गर्न सक्ने व्यवस्था गरेको हो।

विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परीक्षाहरू एसएटी, जिआरई, जिम्याट, एसिटी, युएसएमएलईको रजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तर्राष्ट्रिय कोर्स एसिसिएलगायत  अन्य अनलाइन कोर्सको रजिस्ट्रेसन शुल्क तथा फी सिभिल बैंकबाट तिर्न सकिने बैंकले जनाएको छ ।

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले सिभिल बैंकका ६८ वटामध्ये आफूलाई पायक पर्ने कुनै पनि शाखामार्फत विनाझन्झट भुक्तानी गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द  गुरुङले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको