Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ बाँडफाँड मिति तय

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १७ : १६ मा प्रकाशित

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ बाँडफाँड मिति तय

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ बाँडफाँड मिति तय भएको छ । आईपीओ निष्काशनको बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार मङ्सिर २० गते बुधबार उक्त आइपिओ बाँडफाँड हुने भएको हो ।

सिडिएससीको विवरण अनुसार उक्त आइपिओमा १२ लाख ५७ हजार सात सय ५६ जनाले एक करोड ३६ लाख ४३ हजार तीन सय ९० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । यस हिसाबले कुल आवेदकमध्ये ११ लाख ४३ हजार बढीको हात खाली नै रहने भएको छ ।

नेपाल वेयरहाउजिङ्ग कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १३ लाख ७५ हजार कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो । 
यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ३७ हजार पाँच सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, दुई प्रतिशतले हुन आउने २७ हजार पाँच सय कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ६८ हजार सात सय ५० कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । 

आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ हजार रुपैयाँ पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको