Like us!
Follow us!
Connect us!
Watch us!

वाइवाइ चाउचाउ: गुणस्तरमा अब्बल, जिब्रोमा ट्वाक्क स्वाद

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १७ : २२ मा प्रकाशित

वाइवाइ चाउचाउ: गुणस्तरमा अब्बल, जिब्रोमा ट्वाक्क स्वाद

खाजामा आज के खाने ? जुन छिटो पनि होस् मीठो पनि ? हिजोआज धेरैको दिमागमा झट्ट क्लिक हुने खाजा हो, चाउचाउ । पकाउन छिटो पनि हुने र जिब्रोमा ट्वाक्क स्वाद पनि दिने भएकाले धेरैको रोजाइमा चाउचाउ पर्ने गरेको छ ।  दिनभर भागदौड गरेर यसो खाजा खाने समय निकालेर खाजाघरमा पस्दा पनि सबैभन्दा छिटो तयार हुने खाजाको मेनुमा सर्भ हुन्छ, चाउचाउ । त्यति मात्रै होइन, सामान्य रुघाखोकी लाग्दा वा शरीरमा चिसो लागेको अवस्थामा पनि धेरैको प्रिय खाना बनेको छ । चाउचाउ मध्ये पनी अहिले नेपाली लोकप्रिय ब्राण्ड वाइवाइ नै अग्रपंक्तिमा आउँछ । 

अरू बेला पनि यत्रतत्र सर्वत्र पाइने चाउचाउ विपदका बेला राहतस्वरूप पुग्ने पहिलो खान्की बनेको छ । हिमालदेखि तराईसम्म, धनीको भान्सादेखि गरिबको झुपडीसम्म पाइने थाइल्याण्डको एशियन थाई फुड्सको लोकप्रिय ब्राण्ड वाइवाइलाई २०४१ सालमा चौधरी ग्रुपले नेपाल भित्र्याएको थीयो । व्यवसायी विनोद चौधरीले वाइवाइलाई नेपाल भित्र्याएनन् मात्रै, बिस्तारै वाइवाइको ब्राण्ड नै किने ।

नेपालमा पहिलो पटक भित्रिएको चाउचाउ राराभन्दा पनि फरक चटपटे स्वादको वाईवाई नेपाली जिब्रोले यति रुचायो कि, यसले बजारमा वर्चश्व जमाएको छ । यसकै जगमा चौधरीले आफ्नो व्यवसाय फैलाएका छन् । 

यसबीचमा विभिन्न स्वादका चाउचाउ उत्पादन गर्ने विभिन्न कम्पनी थपिइरहेका छन्, तर वाइवाइले बजारलाई यसरी प्रभावित ग¥यो, अरु प्रतिस्पर्धी यसको छेउमा नै पुग्नै सकेनन् । विश्वका खर्बपतिको सूचीमा परेका नेपालका एकमात्र व्यापारी विनोद चौधरी अध्यक्ष रहेको चौधरी गु्रपको वाइवाइ दक्षिणएशिया, जापान, क्यानाडा, बेलायत, अमेरिकालगायत विश्वका ३० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको छ ।

चौधरी गु्रपले नेपालमा ९ वटा प्लाण्ट राखेर वाइवाइ उत्पादन गर्दै आएको छ । बर्दिया १, सुनसरीमा २, नवलपरासीमा ५, भैंसेपाटीमा १ समेत जम्मा ९ प्लाण्ट छन् । यी प्लाण्टबाट दैनिक ८० हजार कार्टुन वाइवाइ उत्पादन हुन्छ । जसमा ३० वटाका दरले २४ लाख प्याकेट उत्पादन हुने देखिन्छ ।

वाइवाइका सीईओ प्रदिप पुडासैनीले वाइवाइ तयारी चाउचाउ स्वादसँगै गुणस्तरमा अब्बल रहेको बताएका छन् । 
उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर बन्दै कम्पनीले वाइवाइको उच्चस्तरीय गुणस्तर मापदण्डहरु पूरा गर्ने गरेको उनको भनाई छ  ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको