Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगित

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ११ : १६ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगित

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको सुचीकरण स्थगित गरिदिएको छ ।

सूचीकरण स्थगित हुँदा कम्पनीको सेयर कारोबार पनि रोकिएको छ । कम्पनीले सोमबार दोहोरो लाभांशको घोषणा गरेको थियो जुन नेपाल बीमा प्राधिकरणले रद्द गरिदिएको थियो । नेप्सेले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न भन्दै कारोबार स्थगन गरिएको जनाएको छ ।

नेप्सेद्वारा आज जारी सूचनामा धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ ( १ ) ( ग ) मा भएको व्यवस्था बमोजिम नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गर्न सक्ने भन्ने व्यवस्था रहेको र  कम्पनीले पटक पटक सूचना परिवर्तन गरेकोले उक्त विनियमावलीको विनियम १६(१) मा भएको व्यवस्था अनुरुप कारोबार रोक्का गरिएको उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको