Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको आइपिओ बाँडफाँड सम्पन्न, ३० कित्तासम्म आवेदन दिनेले पाए मागेजति सेयर

अर्थ संसार

बुधबार, ११ पुस २०८०, १० : ३७ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको आइपिओ बाँडफाँड सम्पन्न, ३० कित्तासम्म आवेदन दिनेले पाए मागेजति सेयर

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ ।

आइपिओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान १० बजे एक कार्यक्रमबीच आइपिओ बाँडफाँड गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा मंसिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो । करिब १.३ गुणाले ओभरसब्स्क्राइब्ड आइपिओमा साढे १५ लाख बढीले जनाले आवेदन दिएका थिए ।

आवेदक मध्ये १५ लाख ६४ हजार पाँच सय ६४ जनाले सेयर प्राप्त गरेका छन् । ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजति नै कित्ता सेयर पाएका छन् भने सो भन्दा बढी सेयर माग गरेका २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन् । आइपिओको नतिजा केही समयपछि हेर्न सकिनेछ । नतिजा बिक्री प्रबन्धकको वेबसाईट, सिडिएससीको आइपिओ नतिजा हेर्ने वेबसाईट तथा मेरो सेयर एप मार्फत पनि हेर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । यस हिसाबले आवेदक सबैलाई कम्तिमा १० कित्ता सेयर भने पर्नेछ । हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता बाहेकको बाकीँ सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ १०३.०७ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म हुनेछ । कम्पनीको नेटवर्थ २०७९/८० मा १०३.०७ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८०/८१ मा ११०.९२ र २०८१/८२ मा १४९.७१ रहेको छ । कम्पनीको २०७९/८०को प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा १०.२६ र २०८१/८२ मा १५.५२ रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको