Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ५४ करोड

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १५ : १७ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ५४ करोड

सेयर बजार नेप्से परिसुचक  साताको कारोबारको चौथो दिन बुधबार सामान्य घटेर बन्द भएको छ । आज सेयर बजार ०.२१ अंकले घटेर १,९६० को विन्दुमा पुगेर बन्द भएको हो । 

आज दिनभरिमा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा  २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेप्से घट्दा यी कम्पनीको सेयरमूल्य बढ्यो

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १० करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टीलरीको ५ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको