Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १६ : १४ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

सन नेपालले घोषणा गरेको २३.८ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब बिहीबार कम्पनीको कारोबार ४७०.९२ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ५८३ रुपैयाँमा भएको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २३.८ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुकक्लोज मिति तय गरेको छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको