Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको तेस्रो समिक्षा जेठमा मात्र, समिक्षा तर्जुमा कार्यविधि संशोधन

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ०८ : १० मा प्रकाशित

राष्ट्र बैंकको तेस्रो समिक्षा जेठमा मात्र, समिक्षा तर्जुमा कार्यविधि संशोधन

नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक समिक्षाको तयारी गरिरहेको छ ।

बैंक वित्तिय संस्थावाट आएका संकलित तथ्याङ्कहरुलाई विश्लेषण गर्दै आर्थिक अनुसन्धान विभागले टिप्पणीहरु उठाएर मस्यौदा प्रतिवेदन तयार गर्ने काम अहिले भईरहेको विभाग प्रमुख डा.प्रकाशकुमार श्रेष्ठले बताए । मौद्रित नीति तर्जुमा कार्यविधि संशोधन भएकाले तेस्रो त्रैमासिक समिक्षा जेठको पहिलो सातासम्म लम्बिन सक्ने विभाग प्रमुख श्रेष्ठले अर्थ संसारलाई जानकारी दिए।

राष्ट्र बैंकको संशोधित तर्जुमा कार्यविधिमा मौद्रिक समिक्षा आर्थिक वर्ष शुरु भएको १५ दिन भित्र र अर्धवार्षिक तथा त्रैमासिक समिक्षा त्रैमास सकिएको ४५ दिन भित्र सार्वजनिक गर्नेपर्ने नयाँ व्यवस्था गरेको छ । यसअधि मौद्रिक समिक्षा आर्थिक वर्ष शुरु भएको ७ दिन भित्र र अर्धवार्षिक तथा त्रैमासिक समिक्षा त्रैमास समिएको ३० दिन भित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।

आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदा प्रतिवेदनलाई राष्ट्र बैक व्यवस्थापन विभागमा छलफल हुने गर्दछ । त्यहाँ मस्यौदा प्रतिवेदनवाट आएका टिप्पणीलाई छलफल गरि बुँदागत रुपमा राष्ट्र बैंक सञ्चालक समितिमा छलफल हुने एजेण्डाहरु तयार हुने गर्दछन् । सञ्चालक समितिले छलफल गरि आवस्यक संशोधनसहित पास गरेपछि मौद्रिक समिक्षा सार्वजनिक हुने राष्ट्र बैकका सह प्रवक्ता डिल्लीराम पोख्रेलले बताए । गभर्नर महाप्रसाद अधिकारीलाई अब बजेटको मस्यौदालाई समेत मध्यनजर गरेर समीक्षा ल्याउने समय मिलेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको