Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आईपिओको बाँडफाँड सम्पन्न, ५५ हजार पाँच सय २१ जनाले पाए सेयर

अर्थ संसार

शुक्रबार, २५ फागुन २०८०, १० : ४४ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आईपिओको बाँडफाँड सम्पन्न, ५५ हजार पाँच सय २१ जनाले पाए सेयर

फागुन १३ गतेदेखि सर्वसाधारणलाई निष्काशन खुला गरेको सर्वोत्तम सिमेन्टको आईपिओको शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । 

आज बिहान १० बजे एक कार्यक्रमबीच आइपिओ बाँडफाँड भएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । फागुन १३ गतेदेखि सर्वसाधारणमा निष्कासन खुला गरिएको आइपिओमा मागभन्दा १९.३२ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि आवेदन माग गरेकोमा ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता सेयरका लागि आवेदन माग परेको थियो । 

आवेदकमध्ये ५५ हजार पाँच सय २१ जनाले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कम्पनीले प्रति कित्ता ३६०.९ रुपैयाँमा न्यूनतम ५० कित्ताका लागि आवेदन माग गरेको हो । आइपिओको नतिजा अब केही क्षणमा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाईट, मेरोसेयरको वेबसाईट तथा सिडिएससीको वेबसाईटमार्फत हेर्न सकिनेछ ।

योजना प्रभावित, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई निष्काशन खुला गरेको हो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको